काठमाडौं – महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘ठिटो’ सार्वजनिक भएको छ ।गोबिन्द भट्टको शब्द रचना तथा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । भिडियोमा गायक राजेश हमालकै प्रमुख भूमिका रहेको छ ।
रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ ।
देवेन्द्र पाण्डेद्वारा निर्देशित यस भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ ।
भिडियोको सिनेम्याटोग्राफर उत्सव दाहाल हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij