२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राजस्व अनुसन्धान विभागद्धारा कोकाकोलाविरुद्ध ७ अर्ब ४३ करोडको मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्धारा कोकाकोलाविरुद्ध ७ अर्ब ४३ करोडको मुद्दा दायर

3K
Shares

काठमाडौं – राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोप सहित बहुराष्ट्रिय कम्पनी कोकाकोला विरुद्ध ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले सेयर खरिद विक्रीमा लाग्ने पुँजीगत लाभकर नतिरेको पाइएपछि विभागले मुद्दा दायर गरेको हो । विभागले ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो । जसमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बिगोको शतप्रतिशत जरिवाना समेत कायम गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साब्को एशियाको शत प्रतिशत शेयर आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्टलाई बित्रली गर्दा पुँजस्गत लाभकर ठगी गरेको अनुसन्धानबाट पुिष्ट भएको अनुसन्धान विभागले दावी गरेको छ ।
विभागले प्रतिवादी बनाएकाहरुमा बोटलर्स नेपाल लिमिटेड, शुक्ला वासन, मेलविन तान, चुनपिन, मोहम्मद अमिन, गोनिम, गौरव घोसला, सन्दिप वादरिया, देवव्रत मुखर्जी, सुमान्ता दत्त, जवाहर सोली, कुपुस्वामी र संकेत राय बाट ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ र सोही बराबरीको जरिवाना असुल तथा कानुन बमोजिमको कैद सजाय माग गरिएको छ ।

विभागले प्रदिप पाण्डे, पुनित चन्द्र पाल, राजिब टन्डन, भरतबाबु दाहाल, सुमित गोयल, अशोक कुमार मण्डल, डा. त्रिलोचन उप्रेती र सञ्जिव कुमार मिश्रलाई पुँजीगत लाभकर छलीमा संलग्न रहेको भन्दै मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij