२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरले हकप्रद निष्काशन गर्ने बोर्डबाट पायो अनुमति

अपि पावरले हकप्रद निष्काशन गर्ने बोर्डबाट पायो अनुमति

2.3K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनी लिमिटेडलाई १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते बोर्डको अनुमति पाएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अपिले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । अपि पावरले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो ।

अपिले चालू आर्थिक वर्षको ६ महिनासम्म रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij