काठमाडौं – ग्लोबल आईएमई बैंक र आईसीएफसी फाइनान्सबीच बैंकिङ सुविधा उपलब्धसम्बन्धी समझदारी भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक कल्याणविक्रम पाण्डे र फाइनान्सका तर्फबाट नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङलगायत सुविधा फाइनान्सको सिफारिसमा बैंकमार्फत उपभोग गर्न सक्नेछन् ।
यस्तै, दुवै संस्थाको सहमतिमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तरबैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्टलगायत सेवाहरूमा सहकार्य हुने जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij