२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

2.5K
Shares

काठमाडौं– नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
उक्त पदका लागि आवेदन दिएका १६ उम्मेदवार मध्ये एक जना प्रतिस्पधाबाटै बाहिरीएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिष्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ । अब सरकारले तिन जना मध्येबाट एक जनालाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij