२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर सुचिकृत, पहिलो कारोबार कतिमा हुन्छ ?

नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर सुचिकृत, पहिलो कारोबार कतिमा हुन्छ ?

1.8K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको २६ लाख कित्ता शेयर सुचिकृत भएको हो । म्पनीको RULB सिम्बलबाट कारोबार हुने छ ।
नेप्से कम्पनीको पहिलो कारोबारको लागि १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँसम्मको रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने छ ।
कम्पनीले एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै राष्ट्र उत्थान लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलले गर्ने छ। शेयर सुचिकृत भएसंगै आगामी आइतबारदेखि कम्पनीको सेयर कारोबार हुन सक्ने छन् ।

राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।

कम्पनीको आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जस मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको र उनीहरुले कुल १ करोड ९४ लाख ६७ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका थिए ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो । यस हिसाबमा गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएक थिए । आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij