२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

1.9K
Shares

काठमाडौं – संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
ओखरबोटे बजारबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij