काठमाडौं – आइएमई ग्रुपअन्र्तगत सञ्चालित आइएमई मोटर्सले दुई शाखा सञ्चालनमा ल्याएको छ। दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) र चन्द्रनिगाहपुर नगरपालिकास्थित सोरुमको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
कम्पनीले यी शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ। शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा भारतको अटोमोबाइल कम्पनी अशोक लेलैण्डका रिजनल हेड तन्मयमित्र तथा अन्य बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको हो।
उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने बताए। यो भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेकोसमेत जानकारी दिए। उनले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न ग्राहकहरुलाई अनुरोध गरे।
आइएमई ग्रुप सन् २००१ मा स्थापनाभएको हो। यसले बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जालगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij