काठमाडौं – गायक सुमन लिम्बुको सुमधुर स्वरमा सजिएको ‘दुखायौ तिमीले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
फुङ्नाम लुङ्गखिमको शब्द रहेको यस गीतमा प्रेम बिछोडको भावलाई समेटिएको छ। श्री बर्देवाले संगीतवद्द गरेको यस गीतलाई रस गजमेरले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा थगेन्द्र काउचा मगर, नितु बस्नेत, समिर थापा मगरको अभिनय रहेको छ। थगेन्द्र काउचा मगरको कन्सेप्ट रहेको यस भिडियोलाई जीके पूर्णको छायाँकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। ‘एसएसओजी अफिसिएल’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij