२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा

1.1K
Shares

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडको दमक नगरपालिका वडा नं. ०५ दमक स्थित दमक शाखाको सञ्चालनमा आएको छ । उक्त शाखाको आइतबार एक समारोहका बिच दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माबाट संयुक्त रुपमा औपचारिक उद्धघाटन गरेका हुन् ।

औपचारिक समुद्घाटन कार्याक्रममा दमक नगरपालिकाका नगर उप–प्रमुख गिता अधिकारी, उद्योग वाणिज्य संघ, दमकका अध्यक्ष गोकुल श्रेष्ठ, चेम्बर अफ कर्मस, दमकका अध्यक्ष राजेन्द्र ढकालले बैंकको दमक शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे । उक्त कार्याक्रममा बैंकका संचालक गोविन्द प्रसाद शर्मा रेग्मीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले उक्त कार्याक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई दमकमा स्वागत गर्नुको साथै स्थानियहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए । बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij