२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अडानको छैठौं राष्ट्रिय महाधिवेशन जेष्ठ २० र २१ गते काठमाडौंमा हुने

अडानको छैठौं राष्ट्रिय महाधिवेशन जेष्ठ २० र २१ गते काठमाडौंमा हुने

2.7K
Shares

काठमाडौं – नेपाल अडिटर्स एशोसिएसन (अडान) को २०७९ जेष्ठ २० र २१ गते काठमाडौंमा छैठौं राष्ट्रिय महाधिवेशन हुने भएको छ । अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा सम्पन्न पूर्ण बैठकले उक्त निर्ण गरेको हो ।
बैठकमा देशभरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य लगायत सल्लाहकार एवं विभिन्न समितिका संयोजक एवं सदस्यहरुको उपस्थिति थियो ।
बैठकमा महासचिब झलकमणि लम्सालले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन पारीत गर्दै छैठौं राष्ट्रिय महाधिवेशनको मिति पनि तय गरेको छ ।
उक्त बैठकले २०७९ बैशाख १५ गते सम्म जिल्ला अधिवेशन, २०७९ जेष्ठ १० गते सम्म प्रदेश अधिवेशन सम्पन्न गरी २०७९ जेष्ठ २० र २१ गते काठमाडौंमा छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने पनि निर्णय गरेको छ ।
सो बैठकले लेखापरीक्षकहरुमाथि भएगरेका विभेदहरुको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान, बढ्दो मुल्य बृद्धि कम गर्न तीनवटै सरकारबाट जनसरोकारका बिषयमा ध्यानाकर्षण गर्दै विभिन्न प्रस्ताव पारित गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij