काठमाडौं – टाटा मोटर्स को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आकर्षक अफर सहित“टाटा मोटर्सको धमाका” नामक योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएका सुविधाहरु प्राप्त गर्ने दावी कम्पनीले गरेको छ।
माघ १८ गते देखि लागू भएको यो योजना फाल्गुण १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो। तथापि ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङका सिनियर जिएम अनुपमणि ढकालले बताए।
यो योजनामा नगद खरिदमा विशेष छुट देखि क्यास ब्याक अफर तथा सरल किस्ताको सुविधा रहेको कम्पनीले बताएको छ। त्यस्तै एक्सचेन्जको आकर्षक सुविधासमेत छ। थप जानकारीका लागि सिप्रदी ट्रेडिङमा सम्पर्क गर्न सकिन्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij