काठमाडौं – नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ । पूर्वाधार तथा विकास निर्माण क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको भेलाले समाज गठन भएको हो । जीवनकुमार बस्नेत (नयाँ पत्रिका) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गर्रिको हो। उपाध्यक्षमा सुनिता कार्की (अन्नपूर्ण पोष्ट), सचिवमा हिमाल लम्साल (नागरिक दैनिक), सहसचिवमा हिमा विक (अभियान दैनिक), कोषाध्यक्षमा दिनेश खड्का (बिजमाण्डू) रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा क्रमशः बिमल खतिवडा (कान्तिपुर दैनिक), विनय बन्जरा (ग्यालेक्सी फोर के टिभी), दिपेन्द्र थापा (कारोबार दैनिक), निर्दोष घोरासाइने (हाम्रो अर्थ), प्रशन्न ढुङगाना (अर्थ टिभी), संचिता घिमिरे (राष्ट्रिय समाचार समिति) रहेका छन् ।
संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौमा दर्ता गरिएको छ । पूर्वाधार र विकास निर्माणका क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेर संस्था दर्ता गरिएको जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij