काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा इमर्जिङ नेपाल लिमिटेडको शेयर सुचिकृत भएको छ ।
शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आइतबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको ENL सिम्बलबाट कारोबार हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५.११ रुपैयाँदेखि ३१५.३३ रुपैयाँको रेन्ज तोकेको छ । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।
कम्पनीले एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ।
कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।
गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij