२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको फोनलोन सुविधा, मोबाइल एपबाटै २ लाखसम्म लिन पाउने

प्रभु बैंकको फोनलोन सुविधा, मोबाइल एपबाटै २ लाखसम्म लिन पाउने

4.5K
Shares

काठमाडाैं – प्रभु बैंकले ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट लागु हुने गरी फोन लोन सुविधा सञ्चालनमा ल्याएको हाे ।

याे सेवाकाे सुरुवातसँगै प्रभु बैंकका ग्राहकहरुले आफ्ना मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाख सम्मको फोन लोन सुविधा लिन सक्नेछन् । यो सुविधा हालको लागि प्रभु बैंकमा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको बैंकले जनाएकाे छ ।फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ ।

बैंककाे अनुसार यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ । यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाकोका साथै सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुने बैंकले जनाएकाे छ । ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij