काठमाडौं – आगामी चैत्र तेस्रो साता राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना हुने भएको छ । स्वतन्त्रउर्जाउत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्तआयोजनामानेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ आगामी चैत्र १८ देखि २० गतेसम्महिमालयन हाइड्रो एक्स्पो २०२२ सञ्चालन हुन लागेको हो ।
नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइकमिशन कन्ट्री पार्टनर रहने गरिभृकुटीमण्डपस्थित प्रदर्शनीहलमाएक्स्पो आयोजना हुन लागेको पत्रकार सम्मेलनमाजानकारी दिएको हो । भारतीय राजदुतावासको समन्वयमाएक्स्पो आयोजना हुँदा नेपाल र भारतकाउर्जासम्बद्ध व्यक्ति तथा संस्थाकाबिचमापारस्परिक सहकार्यमा समेत सहजताआउने इपानकाअध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनु भयो ।जलविद्युतको बजार बिस्तारका साथै भारतीयलगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्ने उहाँको भनाई छ ।
नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमाअभूतपूर्व क्रियाकलापसंगैउर्जा उत्पादनको वर्तमानअवस्थालाई थप तिब्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाटविद्युतउत्पादनको लक्ष्यमा टेवा पुर्याउने लगायतका उद्धेश्य सहितआयोजना हुने हिमालयनहाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने आयोजकको अपेक्षा छ ।
हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रो सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामूनि भेला पार्न तथा विभिन्नमुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो ।
३ दिनसम्म सञ्चालन हुनेएक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइनउत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायतजलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टलएक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशतविदेशी स्टल रहनेआयोजकको भनाई छ ।
यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन(हाइड्रोकर्न २.०),ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन विशेषआकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायताप्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।
विद्युतीय सवारी साधनको ¥याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारी साधनको बजारीकरण तथा सो को माध्यमबाट जलविद्युतको आन्तरिक बजार बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने इपानकाउपाध्यक्षआशिषगर्गले बताउनु भयो । विद्युतीय सवारीका साथै विद्युतीयचुल्होको प्रयोगलाई विशेष जोड दिनु पर्ने बताउँदै उहाँले यसबाट जलविद्युतको आन्तरिक बजार बिस्तारमा महत्वपुर्ण योगदानपुग्ने बताउनु भयो ।
यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाईहेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्थाका साथै भर्चुअल रियालिटी टूरको व्यवस्था गरिएकोअर्को आयोजक संस्था एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रा. लि. का प्रबन्धनिर्देशकविजय सागर प्रधानले बताउनु भयो । विद्युतको सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयामथप्न टेवा पु¥याउने विश्वास प्रधानको छ ।
साथै एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका विषयमाजानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रोपावरमा आधुनिकप्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने छ ।
जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जाविकासमा टेवा पु¥याउने विश्वास गरिएको छ । ५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij