२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत

7.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार तीन कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १२.७० प्रतिशत बाेनस बापतकाे २८ लाख ७३ हजार ८ सय ७६ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पौष १९ गते, साेमबार सम्पन्न भएकाे तेह्राैँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे थियाे ।

यसका साथै, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे ५.७५ प्रतिशत बाेनस बापतकाे ५१ लाख ९४ हजार ७ सय ९६ दशमलव ९६३९ कित्ता सेयर सूचिकृत भएकाे हाे । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको पौष ३० गते शुक्रबार सम्पन्न भएको एघारौं वार्षिक साधारणले बैंकको चुक्ता पूँजीको ५.७५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने नगद गरी कुल ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको थियाे ।

त्यसैगरी, प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १४.२५ प्रतिशत बोनस बापतको १५ लाख ३१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको माघ २१ गते शुक्रबार सम्पन्न भएकाे वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij