२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट

3.3K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६३.९८ अंकले घटेर दुई हजार ५ सय ४६ दशमलब ६० विन्दुमा रोकिएको हो । त्यस्तै, आज ३ अर्ब ६२ करोड ११ लाख बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन । बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जसबाट काुरोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा रोकिएको छ ।

आज कारोबार भएका कम्पनीमा १८८ वटा कम्पनी घटेका छन् भने ३ वटा कम्पनी मात्रै बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ४ प्रतिशतले बढेर प्रतिकित्ता ५७२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.२६ प्रतिशतले घटेर प्रतिकित्ता ६३१ रुपैयाँमा झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij