२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा सिद्धान्त ठकुरी नियुक्त

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा सिद्धान्त ठकुरी नियुक्त

2.7K
Shares

काठमाडौं– नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको  प्रमुख सञ्चालन अधिकृत (सिओओ) मा सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुत्त ठकुरीलाई एफवान सफ्ट ग्रुपकाका अध्यक्ष विश्वास ढकालले स्वागत गरे ।
नवनियुक्त सिओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्ष भन्दा धेरैको अनुभव रहेको छ । ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । ठकुरीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्ष भन्दा बढिको अनुभव छ ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुत्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij