२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राप्रपामा रेखा थापासहित १४ जना केन्द्रीय सदस्य मनोनीत

राप्रपामा रेखा थापासहित १४ जना केन्द्रीय सदस्य मनोनीत

1.6K
Shares

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी काठमाडौंकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन्।

यस्तै इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार कपिलबस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंकी सावित्रा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij