२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पे-बाट किराना सामान किन्दा दश प्रतिशत छुट

आइएमई पे-बाट किराना सामान किन्दा दश प्रतिशत छुट

2.1K
Shares

काठमाडौं -आइएमईपेमार्फत विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामग्री खरिद गर्दा दश प्रतिशत छुट हुने भएको छ। उपभोक्तालाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यो अवसर ल्याएको कम्पनीले बताएको छ।
आइएमई पेले स्क्यान एनि क्युआर अभियान ल्याएको छ। यो अभियानमार्फत बजारमा रहेका जुनसुकै क्युआर स्क्यान गरी सहजै भुक्तानी गर्न सकिन्छ।
प्रयोगकर्ताले केवल आइएमई-पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्छन्। यो अफर एक पटक मात्रै पाइनेछ। भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ-मार्ट मा सामान खरिद गर्दा छुट पाइने उल्लेख गरिएको छ।

यो अफर सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij