२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

2.3K
Shares

काठमाडौं – नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ ।
विश्वविद्यालयले बिहीबार सूचना जारी गर्दै उक्त कलेजको सम्बन्धन खारेज गरेको जानकारी दिएको हो ।
आयुर्वेद अध्ययन संस्थानअन्तरगत सो कलेजले आयुर्वेद स्नातक तह (बीएएमएस) कार्यक्रम सञ्चालनको अनुमति लिएको थियो । सम्बन्धन खारेजी भएपछि उक्त कलेजमा अध्ययनरत विद्यार्थीलाई केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा बाँकी अध्ययन पूरा गर्ने व्यवस्था मिलाइएको विश्वविद्यालयले जनाएको छ ।
मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज गर्नुको कारण बीएएमएस कार्यक्रमका लागि पर्याप्त प्रोफेर नराख्नु तथा विद्यार्थीप्रति उत्तरदायी नहुनु रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij