२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंक निक्षेप संकलनमा पहिलो

नेपाल बैंक निक्षेप संकलनमा पहिलो

2.2K
Shares

काठमाडौं – नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।

गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार २८.५१ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरुमध्ये १६ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ ।

वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर १०.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

बैंकले नेपाल अधिराज्यभर २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij