२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ई-सेवाले ल्यायो रिफर एन्ड अर्न अफर

ई-सेवाले ल्यायो रिफर एन्ड अर्न अफर

2.6K
Shares

भुक्तानी सेवा प्रदायक ई-सेवाले फेरि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ। कम्पनीले यस अघि पनि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको थियो। उक्त अफरअन्तर्गत ई-सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरूलाई ई-सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्। रिफर गरेको व्यक्तिले ई-सेवामा रजिस्टर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्नेछन्।

यस्तै, ई-सेवामा न्यूनतम एक सय रुपैयाँ रकम लोड गर्दा ५ रुपैयाँ र कारोबार गर्दा १० रुपैयाँसहित ३५ रुपैयाँ आम्दानी गर्न सकिन्छ। रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिन भित्र सोही लिंक क्लिक गरी आग्रह-रिफर स्विकार गर्नुपर्छ। ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खाने पानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij