काठमाडौं– नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ । बजार २५.४१ अंकले बढ्दा ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएको छ । २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ कारोबार भएको छ । सोमबार बजार बढेपनि कारोबार रकम भने बढ्न सकेन ।
परिसूचक २७१८.५१ अङ्क पुग्दा आज नेप्सेका सबै समूहको उपसूचकमा हरियाली छाएको छ । जलविद्युत उपसूचकमा सबैभन्दा धेरै ७२.३९ अंकको सकारात्मक बदलाब देखिएको छ । होटल र पर्यटन क्षेत्र उपसूचक ३४.८४ अंकले बढ्दा बैंकिङ क्षेत्र उपसूचक १६.२८, विकास बैंक २२.८२, वित्त कम्पनी २७.२४, जीवन बीमा १९.१९, माइक्रोफाइनान्स १२.२७ र निर्जीवन बीमा समूह उपसूचक ३९.०२ अंकले बढेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij