२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमसीसीको विरोध प्रर्दशनमा अखिल क्रान्तिकारीकी अध्यक्ष घाइते

एमसीसीको विरोध प्रर्दशनमा अखिल क्रान्तिकारीकी अध्यक्ष घाइते

1.5K
Shares

काठमाडौं– माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएकी हुन् । यस्तै क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् । एमसीसीको विरोधमा अखिल क्रान्तिकारीले आइतबार बानेश्वरमा प्रदर्शन गरेको हो।

उनीहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij