२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रतिनिधिसभामा एमसीसी टेबल, बैठक फागुन १२ गतेसम्म स्थगित

प्रतिनिधिसभामा एमसीसी टेबल, बैठक फागुन १२ गतेसम्म स्थगित

2.4K
Shares

काठमाडौं– प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ। आइतबारको बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।
यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उल्लेख्य सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा रहेका थिए ।
प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij