२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज राष्ट्र उत्थान लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन

आज राष्ट्र उत्थान लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन

3.7K
Shares

काठमाडौं– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) को निष्काशन आज बन्द हुँदैछ । कम्पनीले माघ ४ गतेदेखि कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

प्रतिसेयर एकसय रुपैयाँ अंकित ८ लाख ५० हजार कित्ता सेयरमध्ये १३ हजार कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ४२ हजार ५०० कित्ता (कुल निष्काशनको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

फागुन ४ गते निष्काशित सेयर आज आइतबार अर्थात् फागुन ८ गते बन्द हुँदैछ । इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij