२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय

श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय

2.8K
Shares

काठमाडौं – सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को यही फागुन ५ गते बसेको बैठकले स्वीकृति प्रदान गरेको हो। ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए।

त्यस्तै सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ हेरफेर गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij