२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रजातन्त्र दिवसमा टेलिकमको ‘भोल्टी कल’ निःशुल्क

प्रजातन्त्र दिवसमा टेलिकमको ‘भोल्टी कल’ निःशुल्क

2.6K
Shares

काठमाडौं -फागुन ७ गते मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ।
एमपोस बाट गरिने रिचार्जमा पनि डेटा बोनस उपलब्ध गराउने टेलिकमले बताएको छ। योे अफर भोलि एक दिनका लागि उपलब्ध हुनेछ। नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

साथै, सोही अवसरमा फागुन ७ गते एमपोसबाट गरिने २०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डेटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij