२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लिए सपथ

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लिए सपथ

2.4K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको सपथ लिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणको क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारलाई सुधारका लागि कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमालसँग आग्रह गरे । ‘पूँजीबजार सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, ‘तपाईं यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij