२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक (पूर्णपाठ)

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक (पूर्णपाठ)

2.9K
Shares

काठमाडौं नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्थ वार्षिक समिक्षा सार्वजनिक गरेको छ । बैंकले बिहीबार मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक गरेको हो ।  राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले शेयर कर्जाको जोखिम भारमा पुनरावलोकन निर्णय भएको र विस्तृत विवरण भने निर्देशनमा आउने बताए ।

मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत गरेको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङ सम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन उल्लेख गरिएको छ ।

 

 

हेनुंस् मौद्रिक नीतिको समीक्षा

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij