२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता समाजवादीका डेढ दर्जन नेताकार्यकर्ता राप्रपामा प्रबेश

जनता समाजवादीका डेढ दर्जन नेताकार्यकर्ता राप्रपामा प्रबेश

16.4K
Shares

काठमाडौ – जनता समाजवादि पार्टीका प्रदेश सदस्य तथा शिक्षक समाज नेपालका केन्द्रीय सचिवालय सदस्य देवेन्द्र खड्का नेतृत्वमा जनता समाजबादी पार्टीका डेढ दर्जन सदस्यहरुले पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ तथा विक्रम पाण्डे लगायत पदाधिकारीहरूको हातबाट टीका लगाई पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशि देवेन्द्र खड्काले राष्ट्र,राष्ट्रियता र समृद्धि ल्याउन राप्रपा मात्र सक्षम रहेको र राप्रपा पार्टीको नयाँ नेतृत्व राजेन्द्र लिङदेल मात्र संभव देखिएकोले राष्ट्रबादि ऐजेण्डा भएको धेरै हुनु भन्दा बलियो पार्टी राप्रपालाई साथ, सहयोग र बलियो बनाउदै अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ समाजवादि पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij