२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

‘कहानी एकादेशको’ म्युजिक भिडियो सार्वजनिक

‘कहानी एकादेशको’ म्युजिक भिडियो सार्वजनिक

3.7K
Shares

काठमाडौं – सागर लम्साल ‘बले’ अभिनित ‘कहानी एकादेशको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो सार्वजनिकपुर्व नै चर्चा पाएको यस गीतको भिडियो सोमबार काठमाण्डौँमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो। छायांकनको क्रममा पञ्चेबाजा बजाउने क्रममा सागरको नाकबाट रगत नै बगेको थियो। उक्त क्लिपले निकै चर्चा पाएको थियो।

 

दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको एकादेशको कथा बोलको गीतको भिडियोमा सागर लम्साललाई  सुप्रिया खनालले साथ दिएकी छन्। दीपकप्रसाद आचार्य,  सन्देश लामिछाने, भावना आचार्य लुरी,शालिकराम भण्डारी लगायतकाको अभिनय रहेको छ। गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’ले सागर लम्साल ‘बले’को अभिनयको प्रशंसा गर्दै आफुहरुको मिहनेतलाई सबैले रुचाउनेमा विश्वास व्यक्त गरे।

दीपक सापकोटा ‘भान्जा’को शब्द संगीत रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ। चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन्। ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर सार्वजनिक गरेको गीतको भिडियोले सामाजिक सन्देश बोकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij