२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थप ५२१ जनामा कोरोना संक्रमण

थप ५२१ जनामा कोरोना संक्रमण

2.3K
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ५२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४२७ जना र एन्टिजन परिक्षण गर्दा ९४ जना गरि जम्मा ५२१ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ३९३५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १० रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाले कोरोना परिक्षण गरेका थिए भने पाँच लाख ६० हजार १२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij