२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट

2.9K
Shares

काठमाडौं– नेप्सेमा साताको पहिलो कारोबार दिन आइतबारउच्च अंकको गिरावट आएको छ । आज नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको हो । त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भएपछि नेप्सेमा उच्च अंकको गिरावट आएको छ ।
आइतबार २२७ कम्पनीका १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ८१ ह्जार ८३७ वटा संख्या खरीद बिक्री भएका छन् । कुल कारोबार रकम ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ रहेको छ ।
सबै कम्पनीहरुको सेयरमूल्य घट्दा सामुहिक लगानी कोषका पाँच इकाईहरुको मूल्य भने आज बढेको छ । एनआईबिएल समृद्धि फण्ड २, सनराइज ब्लूचिप फण्ड, एनआईबिएल समृद्धि फण्ड ३, मेगा म्युचुअल फण्ड १, र लक्ष्मी उन्नति कोषको इकाईमूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij