२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा इन्स्योरेन्सको नाफा बढ्यो

सगरमाथा इन्स्योरेन्सको नाफा बढ्यो

2.6K
Shares

काठमाडौं– सगरमाथा इन्सयोरेन्सले चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्मको नाफा सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफामा सामान्य वृद्धि भएको छ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्ममा १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने १२.४६ प्रतिशतले बढेर ७७ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ६९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यसैगरी कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट १९ करोड ७८ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ७ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ४३ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब १३ करोड २९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड ८२ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.०६ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij