२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गको व्यवस्थापन शुल्कमा शतप्रतिशत छुट

नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गको व्यवस्थापन शुल्कमा शतप्रतिशत छुट

1.1K
Shares

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा लगानी व्यवस्थापन सेवा लाग्ने वार्षिक शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी उक्त अफर ल्याएको जनाएको छ । कम्पनीको अनुसार यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एन्यालिस्ट तथा गहन विश्लेषण, रिर्सच को आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ ।

साथै यसमा लगानी गरिएको रकम बाहेक नाफा भएको रकम जुनसुकै बेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सक्नुको साथै यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसँग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सक्ने कम्पनीले जनाएको छ ।

संचालनको बाह्र वर्ष पुरा गरी तेह्रो वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरुको लगानीको उचित व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij