काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका हुन्। मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।
‘अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अलग हुने निर्णय गरेको छु,’ थापाले उल्लेख गरेका छन्, ‘पार्टी भित्र देखा पर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरा बाँकी क्रियाशिल राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा मै रमाउने उत्कृष्ट चाहाना भएतापनि आफनो कुराको सुनुवाई नुहने भए पछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij