२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

1.4K
Shares

काठमाडौं – मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बजार सुरुवाती केही मिनेट उच्च अंकले बढेको पनि थियो । त्यसपछि घट्न थालेको बजार सम्हालिन सकेन । मंगलबार १६।३० अंकले घटेर बजार २८३५।५८ विन्दुमा झरेको छ ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ७१ हजार ३४० पटकको कारोबारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, होटल तथा पर्यटनको ०.१२ प्रतिशत र व्यापार उपसमूहको ०.०९ प्रतिशत बढेको छ। कारोबारमा आएका जलविद्युत तथा लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जीवन बीमा उपसमूहको परिसूचक १.०७ प्रतिशत, विकास बैंकको १.०२ प्रतिशत, लघुवित्तको ०.६५ प्रतिशत, वित्तको ०.३७ प्रतिशत, बैंकिङ्गको ०.३६ प्रतिशत र अन्यको ०.०९ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij