२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ लिवर्टी ईनर्जीको वित्तीय अवस्था

यस्तो छ लिवर्टी ईनर्जीको वित्तीय अवस्था

775
Shares

काठमाडौं – लिवर्टी ईनर्जी कम्पनी लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ३९ लाख खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी रू. २ करोड ९१ लाख थियो । यस वर्ष वित्तीय खर्च नभएकाले कम्पनीको खुद नोक्सानी घटेको हो ।

गत वर्ष कम्पनीको वित्तीय खर्च रू. १ करोडभन्दा बढी रहेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । जगेडा कोष रकम रू. १ करोड ६४ लाख ऋणात्मक रहेको छ । कम्पनीको ऋणात्मक जगेडा कोष रकम भने गत वर्षको भन्दा १६ दशमलव ५० प्रतिशत बढी भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १४ करोड १५ लाख ऋणात्मक थियो । कुल चालू सम्पत्ति रू. १२ करोड ७० लाख रहेको कम्पनीको कुल चालू दायित्व रकम रू. १ अर्ब ६ करोडभन्दा बढी छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ८९ दशमलव ०१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij