काठमाडौं– नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै आउनुभएको छ ।
मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले साँस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न मिति २०७८ माघ २२ गते शनिबारको दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ ।
लोकतन्त्र प्रति विश्वास राख्ने समग्र साँस्कृतिककर्मीहरूको प्रतिनिधित्व गर्दै नेपाली भाषा, कला, साहित्य, गीत संगीत र संस्कृतिका विभिन्न विधामा सक्रिय साँस्कृतिकर्मीहरूको हक हित संरक्षणमा अझै सशक्त रुपमा क्रियाशील रहने प्रतिवद्धता जनाउने नव नियुक्त महामन्त्री सुवेदी नेपाली सांस्कृति र साहित्यमा कलम चलाउने व्यक्ति पनि हुनुहुन्छ । उहाँ नेपाल साँस्कृतिक संघको विविध गतिविधिमा संलग्न रही संघको विस्तारमा धेरै जिल्ला पुग्ने व्यक्ति मध्ये एक हुनुहुन्छ । रोल्पा जिल्लाको त्रिवेणी गाउँ पालिका–५का स्थायी वासिन्दा सुवेदीको आगमनले नेपाल सांस्कृतिक संघलार्य नयाँ उचाईमा पुर्याउने विश्वास लिइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij