काठमाडौं – नेपाल धितापत्र बोर्डको कार्याकारी अध्यक्षका लागि ५ जना पहिलो चरणमा छनोट भएका छन् । अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जना छनोट गरेको हो । आवेदक १५ नाममध्ये पहिलो चरणमा पाँच जनाको नाम छनोटमा परेका हुन । सोमबार बसेको सिफारिस समितिको बैठकले छनोट भएका पाँच जनामा डा. गोपालप्रसाद भट्ट, निरज गिरी, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेका छन । छनोट भएका ५ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
आवेदन दिएका मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, डा.नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, डा.जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्याल मध्येबाट पाँच जना सर्ट लिष्टमा परेका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij