२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फागुन २ गतेदेखि ग्रीन भेन्चर्सको आईपीओ आउँदै

फागुन २ गतेदेखि ग्रीन भेन्चर्सको आईपीओ आउँदै

6.1K
Shares

काठमाडौं– ग्रीन भेन्चर्स लिमिटेडले पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । भेन्चर्सले फागुन २ गतेदेखि आयोजना प्रभावित ओखलढुङ्गाको स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीको पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुन आउने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेको हो । स्थानीयको आईपीओ निष्काशन तथा बाँडफाँड पश्चात सर्वसाधारणका लागि दोस्रो चरणमा सोही संख्यामा सेयर जारी हुनेछ । उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गाबिस), ओखलढुङ्गा, लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), ओखलढुङ्गा, लिखु तामाकोशी गाउँपालिका१ (साविक दरागाउँ गाविस), रामेछाप, लिख तामाकोशी गाउँपालिका२ (साविक सपु गाविस), रामेछाप र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

आयोजना प्रभावित स्थानीयले बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आईपीओमा आवेदन दिन सक्नेछन् । छिटोमा फागुन १६ गते तथा सो अवधिमा सबै सेयर खरीदका लागि माग नपरेमा ढिलोमा चैत्र १ गतेसम्म आईपीओमा निष्काशन खुला रहनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले रहेको छ ।

गानीकर्ताहरुले आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

ग्रीन भेन्चर लिमिटेड जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि स्थापित कम्पनी हो । जसले रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२ दशमलव ४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij