२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हेमन्त र रेमको ‘फूल रोको कस्ले देख्छ र ? ’ गीत सार्वजनिक

हेमन्त र रेमको ‘फूल रोको कस्ले देख्छ र ? ’ गीत सार्वजनिक

2.5K
Shares

काठमाडौँ – गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ?  ’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक रेम गुरुङको  शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ ।

फूल सँधै ठकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ ।  त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन् । गीतको भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’ अभिनय गरेका छन् । सर्जक सदाबहार गायिका शर्मिला गुरुङका भाई हुन् । उनी हाल अध्ययनको शिलशिलमा सपरिवार अष्ट्रेलियमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij