काठमाडौं – निर्वाचन आयोगले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। शनिबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो।
निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख छ।
आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ। निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखावा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij