२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुन नियुक्त

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुन नियुक्त

865
Shares

काठमाडौं – नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । गतबर्ष नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रीय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको छ ।

बिहिबार नेपाल बैक लिमिटेड प्रधान कार्यालय काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. महाविर पुनका बिच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे ।

उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको बृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । साथै डा. पुनले नेपाल बैंक छनौट गर्नुभएकोमा उनीप्रति हार्दिक आभार समेत व्यक्त गरे ।

नेपालभर २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २५०० कर्मचारीहरुबाट बैकिङ सेवा प्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाड बढिरहेको छ । पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तिब्र रुपमा व्यवसाय बिस्तार गर्न सफल यस बैंक प्रतिको विश्वासको कारण नेपाल बैंक ग्राहकहरुकोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij