२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिजी नेट १५ दिनसम्म नि:शुल्क प्रयोग गर्न पाउने

सिजी नेट १५ दिनसम्म नि:शुल्क प्रयोग गर्न पाउने

820
Shares

काठमाडौं – चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा ग्राहकलाई १५ दिनसम्म निशुल्क इन्टरनेट दिने भएको छ। ‘पहिले ट्राइ गरौं अनि सब्सक्राइब गरौं’ भन्ने योजना अनुसार सिजीले १५ दिनसम्म निशुल्क सेवा दिने भएको हो।

अनुभव गरेर मात्र इन्टरनेट जडानको निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले यस्तो सुविधा सार्वजनिक गरेको हो। यो सुविधा प्रयोग गर्न ग्राहकले कम्पनीको वेबसाइटमा दर्ता गराउनुपर्नेछ । अन्य इन्टरनेट सेवा प्रदायकले सात दिनसम्मका लागि मात्रै फ्री ट्रायलको अवसर दिँदा सीजी नेटले आधा महिनाका लागि यस्तो सुविधा दिएको हो ।

यो सुविधा नयाँ ग्राहकले मात्र लिन सक्नेछन्। सीजी टेलिकमले हाल काठमाडौं उपत्यकाभर आफ्नो सेवा विस्तार गरिरहेको छ। सिजीले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस र ९९९ रूपैयाँमा १२० एमबिपिएस गतिको इन्टरनेट दिँदै आएको छ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले यसै वर्षबाट इन्टरनेट सेवा सञ्‍चालनमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij