२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुन्डाईको देशभर ४० स्थानमा चार्जिङ स्टेशन

हुन्डाईको देशभर ४० स्थानमा चार्जिङ स्टेशन

2.9K
Shares

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारी साधनको लागि चार्जिङ स्टेशन विस्तार गर्ने भएको छ। कम्पनीले नेपालको सबै स्थान समेट्ने गरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।

कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गरिरहेको छ।

हुन्डाईको विद्युतीय गाडी चढ्ने ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि विद्युतीय गाडीमा गर्न सक्ने बनाउन कम्पनीले देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरू स्थापना गर्दै आएको हो। नेपालको सबै राजमार्ग र स्थानीय रूटहरूमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भए पनि चार्जिङ पोइन्ट नभएकोले कम्पनीले क्रमिक रूपमा चार्जिङ नेटवर्क विस्तार गरेको हो।

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेशनले चालकहरूलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ। हुन्डाईका चार्जिङ स्टेशनहरूमा मोबाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ। कम्पनीले पहिलो चरणको ४० चार्जिङ स्टेशन निर्माण सकेकोले निकट भविष्यमै अरू थप स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरूमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टर छन्। हुन्डाई मोटर्स विश्वको टप-५ अटोमोबाइल उत्पादक कम्पनीमध्ये एक हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij