२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामुदायिक स्वास्थ्य निरुपण सर्वेक्षण कार्यक्रम सम्पन्न

सामुदायिक स्वास्थ्य निरुपण सर्वेक्षण कार्यक्रम सम्पन्न

1.4K
Shares

नुवाकोट – नुवाकोट शिवपुरी – ६ मा समुन्द्रा देवीमा सामुदायिक स्वास्थ्य निरुपण सर्वेक्षण कार्यक्रम २०७८ सम्पन्न भएको छ । काठमाडौंको महाराजगञ्जमा रहेको यति हेल्थ साइन्स एकेडेमीका व्याच्लर अफ पब्लिक हेल्थका पाचौं सेमेस्टरका विद्यार्थीले नुवाकोट शिवपुरी ६ मा उक्त कार्यक्रम सम्पन्न गरेका हुन ।


समापन कार्यक्रममा वडा अध्यक्ष लालबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने शिवपुरी गापा स्वास्थ्य संयोजक उद्धव कार्की विशेष अतिथि रहेका थिए । उक्त कार्यक्रममा सर्वेक्षणको अन्तिम परिणाम सार्वजनिक गरिएको थियो । समुन्द्रा मावि र हेल्थ पोष्टमा स्वास्थ्य सम्बन्धी पोष्टरहरु प्रदान गरिएको थियो ।

यो समुहले वडामा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरु पनि गरेको थियो । समापन कार्यक्रममा वडाका विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij